३२ थान मोबाइलसहित चार जना पक्राउ

सदरलाइन संवाददाता ४ आश्विन २०८०, बिहीबार १४:५१
 

नेपालगञ्ज : नेपालगञ्जस्थित राँझा विमानस्थलबाट अवैधरुपमा काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट ८ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट ८ थान गरी जम्मा ३२ थान मोवाईल बरामद गरिएको डिएसपी डाँगीले जानकारी दिए ।


उनीहरु चारै जनाको विमानस्थलमा झोला एक्सरे मेशिनमार्फत जाँच गर्ने क्रममा मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट वन प्लस, अप्पो, रेलमी, रेडमी, सामसुङ मोबाइलका सेट बरामद गरिएको हो ।

मोबाइल खोलभित्र नरहेको र खुलारुपमा रहेको प्रहरीले जनाएको छ । यसअघि भदौ २५ गते पनि नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौ जाँदै गरेको अवस्थामा एक्सरे मेशिनमार्फत जाँचका क्रममा एकजना सरकारी कर्मचारीलाई स्रोत नखुलेको २६ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो । मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको ठाकुरबाबामा रोजगार मेला सम्पन्न

४ आश्विन २०८०, बिहीबार १४:५१
नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका–१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ । स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर सिर्जना गर्ने गरी संविधान दिवस तथा रोजगार […]