बाँकेका बालबालिकालाई बिहीवारदेखि खोप लगाईंदै

सदरलाइन संवाददाता ९ असार २०७९, बिहीबार १३:४४
 

नेपालगञ्ज : बाँकेका ७६ हजार बढि बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप दिइदैँछ । बिहीवारदेखि सञ्चालन भएको उक्त खोप अभियानमा बाँकेका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको हो ।

आगामी असार ११ गतेसम्म चल्ने खोप अभियानमा बाँकेका ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य छ ।


यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ ।

यसैगरि कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएका छन् ।

उनका अनुसार जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको छ । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खडेरीले बाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित

९ असार २०७९, बिहीबार १३:४४
सल्यान : सल्यानमा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन् । कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् […]

ताजा अपडेट