नेपालगञ्जबाट काठमाण्डौका लागि आधुनिक बससेवा सञ्चालनमा

सदरलाइन संवाददाता ४ माघ २०८०, बिहीबार १९:२१
 

नेपालगञ्ज : नेपालगञ्जबाट काठमाण्डौसम्मको आरामदायी यात्राको लागि पूर्वपश्चिम यातायात व्यवसायी सेवा प्रालिले आत्याधुनिक सुविधा सम्पन्न सोफासेटको सिट जडान गरिएको ग्रेटर नेपाल यात्रुबाहक रात्रीबस सञ्चालनमा ल्याएको छ ।

बस सेवाको औपचारिक रुपमा प्रालिका अध्यक्ष गणेशप्रसाद भुषाल र सार्वजनिक यातायात महसंघका केन्द्रीय सदस्य दिपक शर्माले रिवन काटेर सुरुवात गरेका छन् ।


यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राको लागि आधुनिक सोफा सिट रखिएको ३७ सिटको बसमा यात्रा गर्ने यात्रुको सु्रक्षाको लागि सिसिटिभी क्यामेरा, एसि, हिटर, मोबाईल चार्ज गर्ने प्वाईन्ट, एयरसस्पन्सरको सुविधा भएको ग्रेटर नेपाल बसको टिकट नेपालगञ्ज बसपार्क, कोहलपुर बसपार्कमा पाईने र काठमाण्डौको गोगम्बु बसपार्कमा टिकट पाईने व्यवस्था मिलाईएको प्रालिका अध्यक्ष तथा सञ्चालक भुषालले जानकारी दिए ।

उनले नेपालगञ्जदेखि काठमाण्डौसम्मको लामो यात्रालाई सहज र सुविधायुक्त बनाउने आफुहरुको लक्ष अनुरुप सुबिधासम्पन्न बस सेवा सञ्चालनमा ल्याईएको बताए । यात्रुको सुविधामा आएका सुझावलाई मनन गरेर बस सेवा सञ्चलनमा ल्याउने भएकोले आफ्नो कम्पनीले सञ्चालन गरेका बस सेवा लिएर सुझाव दिन आग्रह समेत गरे । सो बसमा यात्रा गर्न ईच्छुक यात्रुहरुले नेपालगञ्ज काउन्टरमा यो नंबरमा ९७६६६७५९०३, कोहलपुरमा ९७६६६७५९०२ र काठमाण्डौमा ९७६६६७५९०४ फोन गरी आफ्नो टिकट लिन सक्ने व्यवस्था मिलाईएको प्रालिले जनाएको छ ।

  

One thought on “नेपालगञ्जबाट काठमाण्डौका लागि आधुनिक बससेवा सञ्चालनमा

  1. असाध्य राम्रो भाडापनि भनिदिय झन बेस हुने थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ

४ माघ २०८०, बिहीबार १९:२१
काठमाडाै‌ं, : देशका छुट्टछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।  ललितपुरकाे ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई   प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी […]

सम्बन्धित