कल्भर्ट समयमै निर्माण नहुँदा यात्रीलाई सास्ती

सदरलाइन संवाददाता २५ माघ २०७९, बुधबार १२:४९
 

राजापुर (बर्दिया ) : बर्दियाको राजापुर नगरपालिका वडान ७ लाल्छिपुर र शंकरपुरको बिचमा रहेको झरनामा बनेको कर्भट मर्मत नहुँदा सो बाटो हिड्ने यात्रीले सास्ती बेहोर्नु परेको छ ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७८÷२०७९ को बार्षिक कार्यक्रम अन्तर्गत बिनियोजन भएको सो आयोजना अझसम्म पनि पुर्ण रुपमा सम्पन्न हुन नसकेको स्थानीय रन्जित भुसालले जानकारी दिए ।


‘अहिलेसम्म पनि यो कल्भर्ट सम्पन्न नहुदा बर्खामा आफुहरुले दुख पाउने र सुबिधा कहिले पाउने हो बर्षातको समयमा पानी धेरै हुने र आवाज जावतमा त्यसबाट धेरै गाह्रो हुने गरेको छ’– भुसालले भने ।

राजापुर नगरपालिका वडान ७ का वडा अध्यक्ष रामु थारुले आफुले सो कल्भटको बारेमा कार्यपालिकामा कुरा राखेको र अबको केही दिनमा सो कल्भटको यताउता लाग्ने माटो पटानी हुने र जनताले त्यसको सुबिधा लिन पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वाशको मत नदिने भएपछि बैठक स्थगित

२५ माघ २०७९, बुधबार १२:४९
नेपालगञ्ज : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वास मत नदिने बताएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको हो । बिहीवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको प्रदेशसभा […]