वर्षौपछि हट्ने भयो नरैनापुरमा भारतीय बाटो प्रयोग गर्ने बाध्यता

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १३:४६
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्या रहेको बताएका छन् । नरैनापुर गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको रोड निमार्ण सुरु पछि स्थानीयहरु हर्षित भएका छन् ।

गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाँउका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।

रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाँउपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँको भनाई थियो ।

वर्षौपछि गाँउपालिकाले बाटोको निमार्ण सुरु गरे पछि स्थानीयहरु उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भने, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चीत थियो । तर अब रोड बने पछि सहजता आउने छ ।”


६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाँउपालिका संग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउँदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा ऐलानी जग्गा व्यवस्थित गरिँदै

२४ माघ २०७९, मंगलवार १३:४६
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीब्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । मंगलवारदेखि कोहलपुर नगरपालिका वडा नम्बर–१२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ । […]