अवैध सालको काठसहित एक पक्राउ

१९ पुष २०७३, मंगलवार ०९:५५
 

सदरलाइनडटकम
१९ पुस, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेबाट गस्तीमा गएको प्रहरीको टोलीले नेपालगन्जको बुलबुलियाबाट अबैध काठसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 
प्रहरीले दिएको जानकारी अनुसार करिब २४ क्वीफिट सालको काठ सहित हिरमिनियाँ–७ का सेमी शेष र काठ बोक्न प्रयोगमा ल्याईएको ३ थान भारतीय नं. प्लेटका मोटरसाईकल नियन्त्रणमा रहेको जनाएको छ ।
प्रहरीले सो काठ तस्करीमा संलग्न रहेको अन्य ३ जनाको ब्यापक खोजि गरी रहेको जनाएको छ । बुलबुलियामा रहेको खान स–मिलमा लैजाने उद्देश्यले ल्याईएको २ गोलिया र ८ थान कडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिरबहादुर थापाले जानकारी दिए ।                                                                                       फाईल फोटो
प्रहरीले काठसहित नियन्त्रणमा लिएको युपी ४० के ७८७८,  युपी ४३ जे ९९९७ र युपी ४० जे ३७४७ नंबरको तीन थान मोटरसाईकल नियन्त्रणमा लिन सफल भएको छ । भने मोटरसाईकलमा काठ ल्याउदै गरेका हिरमिनियाँका वकिल बेहना, बरसाती बेहना र टंगड बेहनाको व्यापक खोजि गरी रहेको जनाएको छ ।
प्रहरीले आवश्यक अनुसंधान पुरा गरी पक्राउ परेका काठ, र काठ बोक्न प्रयोग भएको मोटरसाईकल र पक्राउ परेका शेषलाई जिल्ला बन कार्यालयमा आवश्यक कारवाहीको लागि बुझाउने तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको छालासहित एक पक्राउ

१९ पुष २०७३, मंगलवार ०९:५५
सदरलाइनडटकम १९ पुस, नेपालगन्ज : दैलेखका बलबहादुर शाही चितुवाको छालासहित बर्दियाको अम्बासामा प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई नेपाल प्रहरीको क्षेत्रीय अनुसंन्धान व्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । क्षेत्रीय अनुसंधान व्यूरोबाट प्रहरी सहायक निरिक्षक संञ्जीव केसीको कमाण्डमा खटेको टोलीले बर्दियाको अम्बासाबाट १ थान चितुवाको छालासहित दैलेख सातताला घर भएका […]