बाँकेमा कालो कोठीको सफल शल्यक्रिया

सदरलाइन संवाददाता १५ माघ २०७९, आईतवार १३:२९
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गरेका छन् । बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गरेका हुन् ।

कोठीले देबे्रतिर आधाभन्दा बढी अनुहार ढाकिएको जनाउँदै शल्यक्रिया गरेर कोठी निकालेर नयाँ छाला राखिएको डा. कर्णले बताएका छन् । तीन चरणको शल्यक्रियापछि मात्रै अनुहार सफा देखिने बताइएको छ ।


केही दिनपछि अन्तिम चरणको शल्यक्रिया गरिनेछ । ती बालिकालाई नेइभस पिलोसस पिगमेनटोसस भएको जनाउँदै डा. कर्णले त्यसका लागि ट्युमर एक्सिसन एन्ड स्प्लिट स्किन ग्राफ्ट नामक शल्यक्रिया गरिएको बताएका छन् ।

आर्थिक रूपमा कमजोर र पारिवारिक अवस्था नाजुक रहेकी ती बालिकालाई उनका अभिभावकले उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याएका थिए । शल्यक्रिया निःशुल्क गरिए पनि औषधिलगायत सामग्री खरिदमा खर्च लाग्नेछ । बालिकाका पिता सैजाद कबडियाले छोरीको अनुहार सुन्दर बन्दै गएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण

१५ माघ २०७९, आईतवार १३:२९
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले कम्बल वितरण गरेको हो भने आइएनएफले फलफुल वितरण गरेको हो । साइनिङ अस्पतालका २५ जना बिरामीलाई फलफुल तथा कम्बल वितरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीले जानकारी […]