अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा दुई सम्मानित

सदरलाइन संवाददाता १५ आश्विन २०७७, बिहीबार २२:२१
 

नेपालगञ्ज : ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस बाँकेमा पनि मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को जेष्ठ नागरिक समाज तथा मिलन केन्द्रले सोही वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा नेपाली सेनाका पूर्व सुबेदार ९६ बर्षिय बलबहादुर खड्का र समाजसेवी ८६ बर्षिया सुशीला गौतम रहेका छन् । उनीहरुलाई केन्द्रले बिहीबार उनीहरुको घरघरमा गएर सम्मान गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा उनीहरुलाई सम्मान गरिएको सोही वडाका वडा अध्यक्ष बीरेन्द्रबहादुर शाहले जानकारी दिए । छुट्टाछुट्टै गरिएको सम्मान कार्यक्रममा केन्द्रका अध्यक्ष विष्णु सुवेदीले दोसल्ला र कदरपत्र प्रदान गरि सम्मान गरेका थिए ।


त्यस अवसरमा सम्मानित हुनेले पुरानो पुस्तालाई सम्झने परिपाटीले नै समाजलाई नैतिकवान र चरित्रवान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 

Next Post

शुक्रबार बाँके बर्दियामा १३ थपिदा देशभर २७ सयबढी नयाँ संक्रमित थपिए

१५ आश्विन २०७७, बिहीबार २२:२१
नेपालगञ्ज :  शुक्रबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा १३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा करिव २७ सय बढी संक्रमित थपिएका छन् । संक्रमित मध्ये ७ जना बाँकेका र ६ जना बर्दियाका रहेका छन । बर्दियाका संक्रमितमध्ये २ जना प्रहरी समेत रहेको भेरी अस्पतालद्वारा […]

ताजा अपडेट