मोटरसाइकल दुर्घटनामा परी दाङमा २ जनाको मृत्यु

सदरलाइन संवाददाता २ माघ २०७९, सोमबार १३:०२
 

नेपालगञ्ज : मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार राती पौने २ बजे घोराहीको सौडियारबाट सर्रातर्फ जादै गरेको रा ५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा अनियंत्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोराही १६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी गम्भीर घाइते भएका थिए ।


गम्भीर घाइते भएर उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएपनी उनीहरु दुबै जनाको उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा सोमवार हुने भनिएको माघी महोत्सव स्थगित

२ माघ २०७९, सोमबार १३:०२
दाङ : लुम्बिनी प्रदेश सरकारले सोमवार गर्ने भनिएको माघ महोत्सव कार्यक्रम नगरिने भएको छ । आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले आइतबार पोखरामा भएको प्लेन दुर्घटनाबाट उत्पन्न भएको दुःखद् परिस्थितीका कारण माघ महोत्सव आयोजना नगरिने जानकारी दिएको छ । प्रदेश सरकारले माघ पर्वको अवसरमा सोमबार प्रदेशभर सार्वजनिक विदासमेत दिने निर्णय […]