रोल्पामा नागरिकतामा दोस्रो श्रीमानको नाम राख्ने बढे

सदरलाइन संवाददाता २७ पुष २०७९, बुधबार १४:०२
 

रोल्पा : रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेको हो ।

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् ।

जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।


त्यो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो ।

यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्ने गरी आउने गरेका छन् ।

“जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै पालिका तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ”, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका विपन्न महिलालाई सिलाई कटाई तालिमसंगै मेसिन वितरण

२७ पुष २०७९, बुधबार १४:०२
नेपालगञ्ज : बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि […]