नरैनापुरको बिकट बस्तीहरुमा बिद्युतीकरणका लागि नमूनाको चासो

सदरलाइन संवाददाता ९ पुष २०७९, शनिबार १४:०४
 

नरैनापुर (बाँके) : लुुम्बिनी प्रदेससभाका नव निर्वाचित सांसद कृष्णा केसी ‘नमूना’ ले नरैनापुरको बिकट बस्तीहरुमा बिद्युतीकरणका लागि चासो देखाएकी छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको पहलमा प्रदेश सभा सदस्य नमूनाले आफ्नो चुनावी क्षेत्रका केहि बिकट बस्तीहरुमा देखिएको विद्युतको अभावको अनुगमन गरेकी हुन् ।

अँध्यारो बस्तीहरुमा विद्युत बिस्तारका लागि योजना बनाएर बघि बढ्ने सांसद नमूनाले बताउनु भयो । बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतम सहित प्राविधिक टोली विद्युत नपुगेको बस्तीहरुको अनुगमन गरी फर्किएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको बनियाँ गाँउमा हाल सम्म बिजुली नपुगेकोले तत्काल विद्युत पुर्याउन प्राधिकरणका प्रमुख गौतम संग आग्रह गर्दै नरैनापुर थप विद्युत विस्तारका लागि १५ सय पोल र उक्त पोलमा लाग्ने तारको व्यवस्था गरी नरैनापुरलाई उज्यालो बनाउनमा साथ दिन अनुरोध गरेका थिए ।


नरैनापुर गाउँपालिका अध्यक्ष शाहले विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि ठूलो खुसीको कुरा भएको बताउदै वर्षौदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा भए पनि अब सिँचाइका लागि विद्युत विस्तार गर्न जरुरी रहेको जिकिर गरे ।

प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा आफूलेनै विजुली ल्याएको दाबी गर्दै नरैनापुरको जुन गाँउमा विजुली पुगेको छैन त्यो गाँउमा ६ महिना भित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताइन् । उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजी गरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडि स्थानीय उत्पादनको सहज बजारीकरणका लागि आफूले पहल गर्ने बताइन् ।

यस्तै विद्युत प्राधिकरणका प्रमुख गौतले नरैनापुर ६० प्रतिशत विद्युत विस्तार भई सकेकोले बाँकी रहेको काम सक्दो छिटो सम्पन्न गर्ने बताए । नरैनापुर ५ मटेहियाका रामचन्द्र मौर्यले भने, घरमा बत्ति बलिसेको छ । अब खेतमा सिँचाईका लागि लाईन पुर्याउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद ढकालद्वारा गृहजिल्ला बाँकेका पत्रकारसँग भेटघाट

९ पुष २०७९, शनिबार १४:०४
कोहलपुर (बाँके) : बांके क्षेत्र नं. १ का सांसद सुर्य ढकालले प्रतिनिधिसभा सदस्यको सपथ खाए पश्चात आफनो गृहजिल्ला बाँकेमा पत्रकार भेटघाट गरेका छन् । कोहलपुरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सांसद ढकालले स्थानीय तथा देशकै समग्र बस्तुस्थितीका बारे पत्रकार माझ आफना धारणा राख्न पत्रकार भेटघाटको आयोजना गरेका हुन् । पत्रकार […]