कोहलपुर (बाँके) : बांके क्षेत्र नं. १ का सांसद सुर्य ढकालले प्रतिनिधिसभा सदस्यको सपथ खाए पश्चात आफनो गृहजिल्ला बाँकेमा पत्रकार भेटघाट गरेका छन् । कोहलपुरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सांसद ढकालले स्थानीय तथा देशकै समग्र बस्तुस्थितीका बारे पत्रकार माझ आफना धारणा राख्न पत्रकार भेटघाटको आयोजना गरेका हुन् ।
पत्रकार भेटघाट कार्यक्रममा ढकालले कोहलपुर सफल हुनलाई यहाँस्थित निजि क्षेत्रहरु सफल हुनुपर्ने बताउँदै समग्र कोहलपुरको विकासका लागि पत्रकारहरुले सकारात्मक भुमिका खेल्नु पर्नेमा जोड दिए ।
नरैनापुरमा युथ सम्मेलन गरेर उनीहरुको राय, सल्लाह बमोजिम कार्यक्रम तय गरि ब्यबसायमुलक कार्यक्रमको तय गरिने भन्दै ढकालले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकसित गर्न कोहलपुरमा रहेर शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक ब्यक्तित्व, संघ संस्था र सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया गरि राय लिने, दायित्व बोध गराउदै नितीगत तथा सैद्धमन्तिक रुपमा खाका तयार गरि कार्यान्वयनको चरणमा समेत लैजाने आफनो योजना रहेको बताए ।
कोहलपुर ११ मा खुल्ला पार्किङ, सपिङ कम्पलेक्सका लागि नगर विकास समिति र कोहलपुर नगरपालिकासंग समन्वय गरि संघबाट हुनसक्ने अनुदानका बिषयमा समेत चासो ब्यक्त गरेका ढकालले कोहलपुर घुईयाबारी सडक निर्माण सम्पन्न गरि छाडने जिकिर गरे ।
नरैनापुर देखि नेपालगञ्जको बागेश्वरी मन्दिर लाई धार्मिक गन्तब्यको रुपमा विकास गर्न गुरु योजना सहितको कार्यक्रम ल्याउन पहल गर्ने बताएका ढकालले राप्तिसानोरी गाउँपालिकाको समिाभित्र राप्ति नदिले कटान गरेको ६ किमि तटबन्धका लागि अबको एक महिना भित्र बजेट ल्याई सक्ने गरि आफु क्रियाशिल रहेको समेत बताए ।