सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १४:२४
 

बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बनेकी हुन् ।

बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गर्दै आएको छ । यसै अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।

‘गर्ल्स टेक ओभर’ अभियान अन्तर्गत गएको २३ गते फिनल्यान्डकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन् । उनले ‘गर्ल्स टेक ओभर’ अभियान बारे आफू निकै उत्साहित भएको बताइन् ।
पद ग्रहण गरेपछि चौधरीले लैङ्गिक समावेशी शिक्षा, किशोरीले कसरी काम गर्न सकिन्छ, महिनावरीमैत्री शौचालय तथा स्यानिटरी प्याडको अभाव, लैङ्गिक विभेद, बालविवाह लगायतको किशोरी तथा बालिकाका विषयमा छलफल गरेकी थिइन् ।


विश्वका धेरै देशमा ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा सन् २०१७ देखि यो कार्यक्रम भइरहेको छ । प्लान इन्टरनेशनल नेपालले अहिलेसम्म काठमाण्डौसहित देशका १२ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अहिलेसम झण्डै ५ सय जना किशोरी यो कार्यक्रममा सहभागी भएका छन् भने यो वर्षमात्रै एक सय जना किशोरी ‘गर्ल्स टेक ओभर’ कार्यक्रममा सहभागी भएका प्लान इन्टरनेशनल नेपाल अन्तर्गतको गर्ल्स गेट इक्वेल अभियानकी विशेषज्ञ सिर्जना बज्राचार्यले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायत सरकारले बनाएको ६७ किलोमिटर सडक प्रदेशलाई हस्तान्तरण

२९ मंसिर २०७९, बिहीबार १४:२४
मुगु : बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा […]