बाँके क्षेत्रनं. २ मा स्वतन्त्र उम्मेदवार इरफान शेषले गरे शक्ति प्रदर्शन

सदरलाइन संवाददाता २७ कार्तिक २०७९, आईतवार १०:१९
 

नेपालगञ्ज :  आगामी मंसिर ४मा हुने निर्वाचनमा बाँकेको क्षेत्र नं. २ बाटप्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान शेष र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले आफ्ना क्षेत्रमा चुनावी अभियानलाई तिब्र बनाउदै संयुक्त रुपमा बृहत ¥याली सहित शक्ति प्रदर्शन गरेका छन ।

नेपालगञ्जको रामलिला मैदानबाट शुरु भएको ¥याली शहरका बिभिन्न चोक हुदैँ वरिपरिका गाँउहरुमा पसेको थियो । यस क्षेत्रका किसान मजदुर, पीडित आटो रिक्सा, नगरिकता विहिन, भुमिहिन, व्यापारी लगायतका जनसमुदायको सहभागितामा भब्य ¥याली प्रदर्शन सम्पन्न भएको प्रचारप्रसार संयोजक जोया शेषले जानकारी दिइन ।


निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार शेषलाई चुनाव चिन्ह डोजर प्रदान गरेको छ । आफ्नो चुनाव चिन्ह डोजरको प्रचारप्रसार गर्दै उनले ¥यालीमा डोजर नै प्रयोग गरेका थिए । उम्मेदवार शेष र साईले डोजरमा चडेर जनता समक्ष सम्बोधन गर्दै नगर परिक्रमा गरेका हुन ।

¥याली पदर्शन गर्दै राझाँ चोक पुगेको भिडमा प्रहरी प्रशासनले झण्डा निकाल्न खोजेपछि उनीहरु माथि नै हावी भएको थियो । सिमित प्रहरी प्रशासनको जनशक्तिले झण्डा झिक्न थालेपछि उम्मेदवार शेषका समर्थक आन्दोलनमै उत्रिन तयार भएका थिए । भिडले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्न थाले पछि झण्डा फिर्ता गरिएको थियो ।

यस अघि पनि उनले भव्य ¥याली प्रदर्शन गरेका थिए । जसमा उनले करिब १० हजारको संख्यामा समर्थनमा ¥याली प्रदर्शन गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरलाई ग्रामीण शहरका रुपमा विकास गछौं : अथक

२७ कार्तिक २०७९, आईतवार १०:१९
नेपालगञ्ज : बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण शहरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अथकले आगामी ५ वर्षभित्र नरैनापुरको मुहार फेरिने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई विकास गरिने बताए […]

सम्बन्धित