कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १३ माघ २०७८, बिहीबार १३:०८
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पचालझरना गाउँपालिका–१ कालिकोटकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई गएको माघ ९ गते कोहलपुर मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा कोभिड संक्रमण पुष्टि भएको थियो ।त्यसको भोलीपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।


उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार विहान चार बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोनाबाट उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ४० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२ लाख बढीको अवैध सामान बरामद

१३ माघ २०७८, बिहीबार १३:०८
नेपालगञ्ज : भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जको जयसपुरबाट बरामद भएको छ । सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना, फलफुल, तरकारी लगायत बरामद भएको हो । बुढाका अनुसार बरामद गरिएको दुई लाख २० हजार मूल्य बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको छ […]