बाँकेमा आइतवार दश जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १० श्रावण २०७८, आईतवार १६:३६
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४८ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा ७, मेडिकल कलेज कोहलपुरमा ६४ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा ३५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


तिमध्ये बाँकेका ४ जना छन् । अहिलेसम्म बाँकेमा ८७ हजार ८ सय ९४ वटा नमुना परीक्षण गरिएको छ । त्यसमा १७ हजार ५ सय ८१ जनालाई पोजेटिभ देखिएको छ । त्यस्तै थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकसय ८० मिलिग्राम ब्राउन सुगरसहित थारुद्वय प्रहरी नियन्त्रणमा

१० श्रावण २०७८, आईतवार १६:३६
बर्दिया  : बर्दिया प्रहरीले प्रतिबनिधत लागु औषध ब्रउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार १ सय ८० मिलि ग्राम ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी नायव […]