काठमाण्डौका दुई जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या सोह्र पुग्यो

२ बैशाख २०७७, मंगलवार १५:४३
 

सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौको काडाँघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सनसिटीमा बस्दै आएका उनीहरुलाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो ।
दुई जनाको रिपोर्ट पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गएको चैत ५ गते बेलायतबाट फर्किएका हुन् । हिजो आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परीक्षण गरिएको हो ।
उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरूको परिक्षण आजैदेखि सुरू गरिएको जनाएको छ ।

Next Post

कोरोनाबाट भारतमा १० हजारभन्दा बढी संक्रमित

२ बैशाख २०७७, मंगलवार १५:४३
सदरलाइनडटकम, काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट १० हजारभन्दा बढी संक्रमित भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्म १० हजार २३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ भने एक हजार ३५ जना उपचारपछि निको भएका छन् […]