सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा आइतवारदेखि तीन दिने निषेधाज्ञा जारी गरीएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आइतवारदेखि तीनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार मंगलवार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । आइतवारदेखि लागु गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
