फर्जी विद्यार्थी खेलाएपछि एभरेष्ट मावि कारवाहीमा

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १३:५३
 

नेपालगञ्ज : कोहलपुरमा मंगलबारदेखि शुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा फर्जी विद्यार्थी खेलाएपछि एभरेष्ट मावि कारवाहीमा परेको छ ।

संस्थागत विद्यालयको संगठन प्याब्सनमा आवद्व एभरेस्ट माविले छात्रा भलिबलमा फर्जी विद्यार्थी खेलाएपछि ३० हजार जरिवाना सहित कारवाहीमा परेको आयोजकले जनाएको छ ।


भलिबलको पहिलो खेलमा ग्रिन पिस माविलाई पराजित गर्दै विजय भएको एभरेस्ट माविले पुनः ब्राइटलाइटसंग क्वाटर फाइनलको लागि भएको खेलमा समेत जीत हासिल गरेको थियो । उत्त खेलमा फर्जी खेलाडी खेलाइएको पाइएपछि कार्वाही गरिएको खेल संयोजक चन्द्र गुरूङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा शुक्रबार शोक विदा

१३ पुष २०८०, शुक्रबार १३:५३
नेपालगञ्ज : कोहलपुर नगरपालिकाले शोक विदा दिएको छ । कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखामा कार्यरत छत्र बहादुर केसीको मुटुको अप्रेसन गर्दा निधन भएपछि नगरपालिकाले शोक विदा दिएको हो । नगरपालिकाका महाताहतका सम्पूर्ण वडा कार्यालयहरू सेवा बन्द गरि शोक विदा गरिएको कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिए ।