लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता १६ श्रावण २०७९, सोमबार १४:४०
 

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–९ घर भइ हाल खजुरा गाउँपालिका–४ एफ गाउँ बस्ने ३५ वर्षीय मोहन गिरी रहेका छन् ।


जिल्ला अदालत बाँकेले गिरीलाई लागु औषध मुद्दामा गएको चैत ९ गते दोषी ठहर गर्दै २ महिना ९ दिन सजाय सुनाएको थियो । त्यसपछि गिरी फरार थिए । गिरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई थप कारवाहीका लागि आज जिल्ला अदालतमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदिरा सेवन गरी विद्यालय पुगेका प्रधानाध्यापक पक्राउ

१६ श्रावण २०७९, सोमबार १४:४०
नेपालगञ्ज : मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका […]