नेपालगञ्जमा साढे ६ लाख बराबरको अवैध सामान बरामद

सदरलाइन संवाददाता १५ श्रावण २०७९, आईतवार १६:२६
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालगञ्ज ल्याउँदै गरिएको ठुलो परिमाणमा झण्डै साढे ६ लाख रुपैयाँ बराबरका कपडा, म्याजिक भ्यान, चिनी लगायत विभिन्न किराना सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण चौधरीको कमाण्डमा गएको टोलीले आइतवार बिहान ६ बजे भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा कपडा बरामद गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरीको चौलिका चेक पोस्टमा खटिएको टोलीले आइतवार दिउँसो जाँच गर्ने क्रममा भाग्दै गरेको भे १ ज १०९८ नम्बरको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर भ्यानसहित ठुलो परिमाणमा चिनी बरामद गरेको छ ।


सशस्त्र प्रहरीको अर्को टोलीले नेपालगञ्जका अन्य अवैध नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका किराना तथा हार्डवयरका सामग्री, पेय पदार्थ लगायतका अन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीद्वारा बरामद गरिएका ६ लाख ३२ हजार ४५० रुपैयाँ बराबर अवैध सामग्री, म्याजिक भ्यान लगायतका सामग्रीलाई आइतवारनै नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका विपन्न परिवारलाई आयआर्जनको लागि युनेस्कोद्वारा बाख्रा वितरण

१५ श्रावण २०७९, आईतवार १६:२६
खजुरा (बाँके) : बाँकेका बिभिन्न पालिकामा रहेका विपन्न परिवारको आयआर्जनमा सहयोग पुराउने उद्देश्यले बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाख्रा वितरण गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई आयआर्जनका लागि बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो […]

सम्बन्धित