बाँकेका विपन्न परिवारलाई आयआर्जनको लागि युनेस्कोद्वारा बाख्रा वितरण

सदरलाइन संवाददाता १५ श्रावण २०७९, आईतवार १६:५०
 

खजुरा (बाँके) : बाँकेका बिभिन्न पालिकामा रहेका विपन्न परिवारको आयआर्जनमा सहयोग पुराउने उद्देश्यले बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाख्रा वितरण गरेको छ ।

क्लबले कतार च्यारेटीको सहयोगमा खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई आयआर्जनका लागि बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो ।

एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किराती र बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सयुक्त रुपमा बाख्रा वितरण गरेका हुन ।

नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य किराती आर्थिक रुपमा विपन्न परिवारका लागि यो सहयोग निकै उपयोगी साबित हुने जनाउँदै यसबाट उनीहरुको जीवनमा ठूलो आर्थिक परिवर्तन आउने विश्वास गरे ।


कोहलपुर नगरपालिकाका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरका ८ अति विपन्न परिवारलाई सो बाख्रा वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिए । उनले सो कार्यक्रम अन्तरगत हरेक परिवारलाई ५ वटा बाख्रा र एक बोका वितरण गरिएको बताए ।

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो । विपन्न परिवारको आर्थिक अवस्था बलियो बनाउँदै उनिहरुको बालबालिकाको शिक्षामा पहुँच पुरयाउन यो सहयोग गरिएको बाँके युनेस्को क्लबले जनाउको छ ।

यसअघि बाँके युनेस्को क्लबले जिल्लामा आयआर्जनका लागि किराना पसल, नास्ता पसलमा सहयोग गर्नुका साथै विपन्न महिलाका लागि सिलाई कटाई तालिम सञ्चालन गर्दै आएको छ भने साना किसान र खानेपानीका लागि पनि विभिन्न सहयोग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाले स्वास्थ्य कर्मचारी माथि राजनीति गरेको आरोप

१५ श्रावण २०७९, आईतवार १६:५०
कोहलपुर (बाँके)  : कोहलपुर नगरपालिका नगरकार्यपालिकाले नगरपालिका क्षेत्रमा कार्यरत स्थायी दरबन्दीमा रहेका स्वास्थ्य कर्मचारी माथि प्रहार गरेको छ । स्थानीय सरकार बनेपछि स्थानीय पालिकामा आउन पाउने आशले संघको समायोजन प्रक्रियामा सहभागी भई कोहलपुर नगरपालिका स्थित विभिन्न स्वास्थ्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई कार्यपालिकाको श्राबण ११ गते बसेको बैठकको निर्णय नं. १० को […]

सम्बन्धित