सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा कर्नाटकको पेड्डा गोलकुण्डामा ट्रक र भ्यान आपसमा ठोक्किँदा सात जना मजदूरको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना शुक्रवार राति शहरभन्दा केही टाढा भएको थियो । उनीहरु लक डाउन भएपछि घर फर्किरहेका थिए ।
दुर्घटनामा ज्यान गुमाउनेमा दुई बच्चा पनि रहेका छन् । स्थानीय प्रहरीका अनुसार भ्यानमा ३१ जना मजदूर सवार थिए । दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । चार जनाको अहिले पनि उपचार भइरहेको र जसमध्ये एकजनाको अवस्था नाजुक रहेको बीबीसी हिन्दीले जनाएको छ ।
उनीहरु एक सडक परियोजनामा काम गरिरहेका थिए । कोरोनाको जोखिम बढ्दै गएपछि भारत सरकारले २१ दिनको लागि लक डाउनको घोषणा गरेपछि उनीहरु आफ्नो घर कर्नाटकको रायचुर फर्किरहेको अवस्थामा दुर्घटनामा परेका हुन् ।
Next Post
लकडाउनको अवस्थामा शनिबार साँझ पखको नेपालगञ्ज
१५ चैत्र २०७६, शनिबार १७:१८
सम्बन्धित
-
२ माघ २०७६, बिहीबार १९:१२
कृतिम घटना अभ्यास गर्दै साताव्यापी २२औं भुकम्पिय सुरक्षा दिवश मनाईयो
-
२ असार २०७४, शुक्रबार १९:१६
विपदमा बहादुरी देखाउने सात सुरक्षाकर्मी सम्मानित
-
१७ बैशाख २०७६, मंगलवार १७:१५
कर्णालीमा स्काभेटर खस्दा चालक घाइते
-
१४ फाल्गुन २०७४, सोमबार १९:३५
बाँकेका प्राविधिक पत्रकारले होलि मनाए
-
२६ माघ २०७८, बुधबार १३:०६
बाँकेमा बुधवार २८ संक्रमित थपिए, ३२ डिस्चार्ज