नेपालगञ्ज विमानस्थलमा ३६ हजार नगदसहित हातेव्याग भेटियो

९ आश्विन २०७५, मंगलवार १७:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज विमानस्थल बाहिर कालो रङ्गको लेडिज हाते ब्याग बेवारिसे अवस्थामा भेट्टीएको छ ।
सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले सोमबार साँझ तिर सो कालो ब्याग बेवारिसे अवस्थामा विमानस्थल बाहिर फेला पारेका हुन ।
सो व्यागमा ३६ हजार नगद, काठमाण्डौ महानगरपालिका–९ ठेगाना उल्लेख भएको सुनिता अधिकारीको नागरिकता, पशुपति बहुमुखि क्याम्पस चाबहिल काठामाण्डौको स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी परिचयपत्र रहेको छ ।
सो व्याग, नगद पैसा, नागरिकता र परिचयपत्र प्रहरी हवल्दार भण्डारी र केसीका साथमा रहेको छ । सो ब्यागको हकदारले प्रहरी हवल्दार भण्डारी ९८४६३५०४६२ र केसीको ९८४४९९१२६५ नं.को मोबाईलमा सम्पर्क गरेर लिनको लागि आग्रह गरेका छन् ।  

Next Post

मृतक सम्झनाको परिवारलाई तीन लाख दिने घोषणा

९ आश्विन २०७५, मंगलवार १७:०३
सदरलाइनडटकम, धनुषा : एसिड प्रहारबाट घाइते भई उपचारका क्रममा निधन भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया बालिका सम्झना दासको परिवारलाई प्रदेश सरकारले तीनलाई राहत दिने घोषणा गरेको छ । निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मृतककी बहिनी सुस्मीता दासको उपचार र राहतस्वरूप ‘बेटी बचाऊ बेटी पढाऊ’ योजनाअन्तर्गत उक्त […]