बाँकेमा तत्कालका लागि रगत अभावको समस्या टर्यो

सदरलाइन संवाददाता २४ असार २०७९, शुक्रबार १४:३६
 

नेपालगञ्ज : बाँकेमा तत्कालका लागि रगत अभावको समस्या टरेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।

जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको छ । अहिले रगत अभाव टरेको रंक्त संचार केन्द्र नेपालगञ्जले जनाएको छ । केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।

रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ ।


अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको केन्द्र प्रमुख उपेन्द्र रेग्मीले बताए ।

यसैगरी रगत अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको संख्या बढाउन बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ ।

जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगत अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा बालिका बलात्कारको आरोपमा दुई पक्राउ

२४ असार २०७९, शुक्रबार १४:३६
सल्यान : सल्यानमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गर्ने जाजरकोट भेरी नगरपालिका–१२ बेलगार निवासी २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन । उनीहरुलाई जाजरकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुईजनालाई […]