नेविसंघद्वारा भेरीका विरामीलाई फलफूल वितरण

सदरलाइन संवाददाता १८ असार २०७९, शनिबार १४:५८
 

नेपालगञ्ज : नेपाल विद्यार्थी संघ बाँकेले भेरी अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ बाँकेका कार्यबहाक अध्यक्ष चक्र बहादुर रावतले बताए । भेरी अस्पतालमा उपचाररत तीन दर्जन विरामीहरुलाई फलफूल वितरण गरिएको रावतले जानकारी दिए ।


फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगञ्ज नगर सभापति एवम् नगरप्रमुख प्रशान्त विष्ट, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बहादुर विक, विद्यार्थी नेताहरु रमेशप्रसाद तिमिल्सिना, चेतनारायण शर्मा, तरुण दल नगर सभापति सन्दीपजंग शाह लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘गिरिजाप्रसाद कोइराला परिवर्तनका नायक हुन्’

१८ असार २०७९, शनिबार १४:५८
नेपालगञ्ज : नेपाली कांग्रेसका नेताहरुले स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्ति, क्रान्ति र परिवर्तनको नायक भएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा शनिवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ’संगठन निर्माण र शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले […]