डुवानको निकास खोज्ज जेसिभीसहित मेयर विष्ट आफै फिल्डमा

सदरलाइन संवाददाता १५ असार २०७९, बुधबार १८:०८
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलबार रातीदेखि परेको अविरल पानीको सहज निकासका लागि अवरुद्ध नाला खुलाउन नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट जेसिबीसहित फिल्डमा खटिएका छन् ।

नगर प्रमुख विष्ट गतरातीदेखि परेको अबिरल बर्षाका कारण ठाउँ–ठाउँमा जमेको पानीको निकासका लागि जेसिबीसहित आफैं फिल्डमा खटिएका हुन् । वडा नम्बर ४ र ६ का विभिन्न बस्तीहरुमा पुगेर उनले त्यहाँको अवस्था अवलोकन गरेका थिए ।


वडा नम्बर ४ को सेतु विकचोक नजिकै न्यूरोडमा बागेश्वरी क्युएफएक्सको अगाडि नाला अबरुद्ध हुँदा सडकमा पानी जमेको अवस्थामा जेसिबीले त्यहाँ नाला सफा गरेको थियो । यसैगरी बसपार्कदेखि पुरैनी कान्तिताल जाने बाटोमा वडा नम्बर ६ स्थित टोलमा निकास नपाएर थुनिएको पानीलाई जेसिबीको सहायताबाट ह्युमपाइप सफा गरी निकास दिइएको छ । कतिपय नाला भएको ठाउँमा बाटो र घर वरिपरि जम्मा भएको पानीलाई पनि निकास दिइएको छ ।

‘बर्षा सुरु हुनुअघि नै हामीले नगरका धेरैजसो नाला सफा गरिसकेका थियौं, धैरै ठाउँमा पानीको सहज निकास भएको देखिएको छ, तर, केही ठाउँमा समस्या देखिएपछि म आफैं ती ठाउँहरुमा पुगेर पानीको निकास दिने काम भएको छ’– नगर प्रमुख विष्टले भने–‘कतिपय ठाउँमा बाटो मात्रै बनेको छ, नाला छैन, घर बनेका छन्, पानीको निकास छैन, त्यसकारण समस्या भएको हो, ती ठाउँहरुमा म विहानै पुगेर समस्या समाधान गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद व्यवस्थापनका लागि बाँके र बर्दियाका तीन पालिकालाई उद्दार सामाग्री हस्तान्तरण

१५ असार २०७९, बुधबार १८:०८
नेपालगञ्ज : प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्दार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत प्लान नेपालको सहयोगमा बाँके युनेस्को […]