भेरी अस्पतालका विरामीलाई आइतवारदेखि निःशुल्क रगत

सदरलाइन संवाददाता १९ भाद्र २०७९, आईतवार १३:४३
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत विरामीहरुलाई आइतवारदेखि निःशुल्क रगत उपलब्ध गराउन शुरु गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले बिरामीका आफन्तलाई निःशुल्करुपमा रगतको प्याकेट हस्तान्तरण गरी सेवा शुरु गरेका हुन् ।

यसअघि सट्टा रगत अथवा रक्तदाता संस्थाको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट सःशुल्क रगत लिंदै आएका थिए । भेरी अस्पतालले सरकारको नीति अनुसार आइतवारदेखि निःशुल्क रगत अस्पतालमा उपचचाररत बिरामीहरुलाई उपलब्ध गराउन थालेको हो ।

त्यसका लागि भेरी अस्पतालले रेडक्रसद्वारा क्षेत्रीय रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको छ । रेडक्रसको ६०औं स्थापना दिवस पारेर आइतवार आयोजित औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी बीच यसअघि भएको निर्णय आदानप्रदान गरेर सेवा शुरु भएको घोषणा गरिएको हो ।


रेडक्रस बाँके सभापति गोवद्र्धन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालबाट विपन्न तथा असहायको निःशुल्क उपचार गर्दै आएको उल्लेख गर्दै निःशुल्क रगतले उक्त वर्ग लाभान्वित हुने बताए ।

प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अनुसार भेरी अस्पतालमा सेवा शुरु गरिएको हो । जुन अन्य सरकारी अस्पतालमा पनि बिस्तार हुने बताइएको छ ।

२०७९ साल भदौ १५ गते प्रदेश निःशुल्क रक्तसंचार व्यवस्थापन कार्यविधि २०७८ अनुसार अस्पताल रक्तसञ्चार व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार निःशुल्क रगत उपलब्ध गराउने कार्यको शुभारम्भ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगर प्रहरीको इञ्चार्जमा वीरबहादुर थापा

१९ भाद्र २०७९, आईतवार १३:४३
नेपालगञ्ज : २७ वर्ष ११ महिना २३ दिन काम गरेर नेपाल प्रहरीको सेवाबाट स्वेच्छिक अवकाश लिएपछि प्रहरी निरीक्षक वीरबहादुर थापाले कोहलपुर नगर प्रहरीको कमाण्ड सम्हालेका छन् । एक जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १२ प्रहरी जवानका कमाण्डर थापाले कोहलपुर नगरपालिकामा पहिलोपटक गठन भएको नगर प्रहरी प्रमुखको […]

सम्बन्धित