नेपालगञ्जमा काँग्रेसबाट मेयरका उम्मेदवार विष्टको चुनाबी अभियान तीब्र

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार २०:२१
 


नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार प्रसान्त विष्टले चुनाव प्रचारको अवसरमा शनिवार वडा नम्बर १८ को आयोजनामा गरिएको खुला रत्तदान कार्यक्रममा रक्तदान गर्दै आफ्नो प्रचार अभियान सुरु गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दे मेयरका उम्मेदवार विष्टले रक्तदान गर्नु मानविय कार्य रहेको बताउदै नेपालगञ्जको विकास लागि आफ्नो उम्मेदवारी भएकाले जनतामाझ तत्परताका साथ लागि पर्ने स्पष्ट पारे ।

यसैगरी नेपालगञ्ज काँग्रेसले वडा नं. ६ मा घरदैलो अभियानलाई तीब्र पारेका छन् । वडाअध्यक्ष पदका उम्मेदवार रितेश शर्मा, वडा सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान, भूमि दमिनी, आशिष वली र संगीता रेग्मीसहितको टोलीले आफ्ना पक्षमा मत मागेकोे प्रचारप्रसार समितिका संयोजक प्रेम विसीले जानकारी दिए ।

यसैगरी नेपालगञ्ज –४ ले शनिबार मोटरसाइकल ¥याली गरेको छ । आसान्न निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेस वडा नं ४ ले मोटरसाइकल र्याली गरेको हो । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप शाहले कांग्रेसको पक्षमा स्वस्र्फुतरुपमा मोटरसाइकल र्याली आयोजना गरिएको बताए । महिला सदस्यमा अस्मिता शाह, खुला पुरुषतर्फ उत्तम सिंह सिजापती, दलित तर्फ सुशीला कोरी र मुस्लिम तर्फ मो सलिम हलुवाई उम्मेदवार रहेका छन् ।


यसैगरी नेपालगञ्जको महेन्द्र माविका पूर्व विद्यार्थीहरुले आयोजना गरेको आसन्न स्थानीय तहका जनप्रतिनिधीहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसबाट मेयर पदका उम्मेदवार विष्ट सहभागी भएका छन् ।

सो कार्यक्रममा विष्टले सम्बृद्ध नेपालगञ्जलाई साकार पार्ने आफ्नो योजना रहेको बताए । उनले नेपालगञ्जको भौतिक पूर्वाधारदेखि मानवीय विकासका लागि आफ्नो एजेण्डाहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज ९ मा बलियो बन्दै एमाले

१७ बैशाख २०७९, शनिबार २०:२१
नेपालगञ्ज : नेपालगञ्ज उपहानगरपालिका ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी बनेका गोविन्द रेग्मी घरदैलो अभियानमा जुटेका छन् । शालिन व्यक्तित्वको छवी बनाएका रेग्मी वडाबासीमा परिचित छन् । आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकोरुपमा विकास गर्न आफु चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् । वडाको भौतिक पूर्वाधार विकास देखि शिक्षा, स्वास्थ्यलाई […]