ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने : नेता पौडेल

४ श्रावण २०७६, शनिबार १४:२१
 

सदरलाइनडटकम,
रुपन्देही : नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल ’सुनिल’ले सरकारको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिवार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको बेला शीर्ष नेताबीच भएको पाँच बुदे सहमतिमा आलोपालो सरकारको नेतृत्व उल्लेख भएकाले केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताए ।
शीर्ष नेताहरुबीच भएको सहमतीको पूर्ण कार्यान्वयन आवश्यक रहेको भन्दै उनले अहिले नै नेतृत्व परिवर्तनको बेला भने आइनसकेको जिकिर गरे । ओलीपछिको नेता प्रचण्ड नै भएको दावी गर्दै उनले अबको साझा विचार ‘जनताको जनवाद’ नै भएको जानकारी दिए ।
ओली सरकारका मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै नेता पौडेलले मन्त्रीमण्डल पुनर्गठन आवश्यक भएको बताए । निर्मला हत्याकाण्ड, सञ्चार विधेयक, गुठी विधेयक, विषादी परीक्षण प्रकरणमा सरकारले परिपक्वता देखाउन नसकेको उनको भनाई थियो ।

Next Post

प्यान नभएका कामदारको तलब रोकिने

४ श्रावण २०७६, शनिबार १४:२१
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले सरकारी, निजी, गैरसरकारी जुनसुकै संस्थामा काम गर्ने कामदारको स्थायी लेखा नम्बर ‘प्यान’ अनिवार्य गरेको छ । साउन १ गतेदेखि नै प्यान नभएका कर्मचारीलाई तलब नदिन सरकारले नियम ल्याइसकेको छ । सरकारले सबै कामदारको तलब बैंक खातामार्फत दिन भनेको छ । आर्थिक विधेयकअनुसार बैंकमा अब प्यान नभई […]

सम्बन्धित