बाँकेसहित पश्चिम तराईमा ‘लु’ चल्न शुरु

सदरलाइन संवाददाता २१ जेष्ठ २०७९, शनिबार १६:५६
 

नेपालगञ्ज : नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने बाँकेलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ ।

मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । गर्मीयाम शुरु भएयता पानी नपरेपछि चर्को घाम र तातो हावा ‘लु’ चल्न थालेको छ ।


तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको छ । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । त्यसैमा अघोषित लोडसेडिङले नेपालगञ्जबासीले सास्ती खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्मी बढेसँगै नेपालगञ्जका अस्पतालमा विरामी बढे

२१ जेष्ठ २०७९, शनिबार १६:५६
नेपालगञ्ज : गर्मी बढेसंगै नेपालगञ्जका अस्पतालहरुमा पनि विरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज, रामजानकी, वेष्र्टन लगायतका अस्पतालमा विरामी मौषमी विरामी देखा परेका छन् । गर्मीसँगै ज्वरो, झाडा पखाला, टाउको र पेट दृख्ने, रिगटा लाग्ने, वान्ता आउने लगायतका विरामी आउन थालेका छन् । अस्पतालमा उपचारमा आउने विरामीको संख्या […]

ताजा अपडेट