डुडुवा ६ का वडाध्यक्ष मिश्रद्वारा पदभार ग्रहण

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:०२
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष मोहनराम मिश्रले बुधवार पदभार ग्रहण गरेका छन् । धार्मिक विधि अनुसार वडा कार्यालयमा पुजाआजा गरी पदभार ग्रहण गरेका हुन् ।

सयौं जनाको उपस्थितीमा गरिएको पदभार ग्रहण कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष, बुद्धिजीवी, विभिन्न दलका स्थानीय प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।

पदभार ग्रहणपछि वडाध्यक्ष मिश्रले सबैलाई धन्यवाद दिँदै निवर्तमान जनप्रतिनिधीलाई विदाई गरेका थिए । दोश्रो कार्यकालका लागि निर्वाचित भएका मिश्रले निबर्तमान सदस्य नेतराम मुराउ, तिरथराम वर्मा, अकलिमुन निसा शेष र निर्मला देवी कोरीलाई खादा ओढाएर प्रमाण पत्रसहित विदाई गरेका हुन् ।


नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका मिश्रले गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई १ सय ५५ मतले पराजित गरी विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जद्वारा ज्ञापनपत्र

१८ जेष्ठ २०७९, बुधबार १७:०२
नेपालगञ्ज : क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जले नेपालगञ्जका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टलाई तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका अभियान्ता डा. विनोद कर्णसहितको टोलीले नगरप्रमुख विष्टलाई बुधवार ज्ञापनपत्र बुझाएको हो । सरसफाई, हरियाली र व्यवस्थित नेपालगञ्जका लागि तीन बुँदे ज्ञापनपत्र बुझाइएको डा कर्णले बताए । नेपालगञ्जको सरसफाईका […]