खेलाडी सन्जुको राप्तीसोनारीमा अन्त्येष्टि

सदरलाइन संवाददाता २८ बैशाख २०७९, बुधबार १७:४३
 

नेपालगञ्ज : भारत्तोलनकी राष्ट्रिय खेलाडी एबं १३औं दक्षिण एसियाली खेलकुदकमा स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरीको बुधवार बाँकेस्थित राप्तीसोनारी गाउँपालिकामा अन्त्येष्टि गरिएको छ ।

मंगलवार विहान ललितपुर जिल्लाको लुभुस्थित आफू बसेको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको शवलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी बुधवार बाँके ल्याइएको थियो ।


अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई राप्तीसोनारी ३ बेलासपूरस्थित उनकै घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धान्जली सभामा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक ) ले सन्जुको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपूरणीय क्षती पुगेको बताए ।

स्व. सन्जुले छोटो समयमै आफूलाई उच्च शिखरमा पुर्याउँदै आफ्नो जिल्ला र देशको नाम रोशन गर्न सफल भएकी खेलाडी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

२८ बैशाख २०७९, बुधबार १७:४३
नेपालगञ्ज : नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक बीच झडप भएको छ । झडपमा प्रहरी सहित ६ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो । मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो । त्यसपछि दुई पक्षबीच […]