एमाले नेपालगञ्ज–४ ले मेयर उपमेयरसहितको घरदैलो

सदरलाइन संवाददाता २५ बैशाख २०७९, आईतवार १९:१४
 


नेपालगञ्ज : नेकपा एमाले नेपालगञ्ज–४ ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी वडातहबाट प्रचार अभियानलाई तिब्र पारेका छन् ।

यसैक्रममा नेकपा एमाले नेपालगञ्ज–४ कमिटीले गणेशपुर, बसपार्कलाईन घोषिटोलमा मेयर उपमेयर, वडा अध्यक्षका उम्मेदवार टेकबहादुर केसी सदस्यहरु कासिम कपडिया, नन्दा घिमिरे, सृजना सुनार र सन्तोष कौशलसहितको टोलीले प्रचार सामाग्रीसहित वडाको परिक्रमा गरेको हो ।

एमाले केन्द्रीय लेखा आयोग सदस्य विजया गौतम, लुम्बिनी प्रदेश कमिटी सदस्य रबिन्द्र लम्साल, जिल्ला कमिटी सदस्य हंशराज खनाललगायतको पार्टीका नेतासहितको र्यालीले वडाका विभिन्न स्थानमा पुगेर मत माग्नुको साथै समग्र वडाको विकासको लागि आफुहरुको जीत अपरिहार्य भएकोले एक पटक मौका दिन आग्रह गरे ।


सो टोलीले गणेशपुर, घोषीटोल, सल्यानी बाग, बसपार्क लगायतको स्थानमा पार्टीको प्राचार सामाग्री सहित मतदाताको घर–घरमा पुगको वडा अध्यक्षका उम्मेदवार केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा गठबन्धनले प्रचार अभियानलाई तीब्र बनाउदै

२५ बैशाख २०७९, आईतवार १९:१४
खजुरा (बाँके) :  बाँकेको खजुरा गाउँपालिकामा माओवादी र नेपाली कांग्रेसको गठबन्धनले प्रचार अभियानलाई तीब्र पारेको छ । गाँउपालिकामा माओवादी र कांग्रेसको गठबन्धन छ भने वडास्तरमा नेकपा समाजवादी पार्टी पनि जोडिएको छ । गठबन्धनतर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले निर्वाचन जित्नका लागि नै गठबन्धन बनेको बताए । उनका […]