नरैनापुरका अग्नी पीडितलाई एमालेको राहत

सदरलाइन संवाददाता २६ चैत्र २०७८, शनिबार १५:४१
 


नरैनापुर (बाँके) :  बाँकेको नरैनापुरका १६ घर अग्नी पीडितलाई एमालेको सामाजिक सेवा ईकाईबाट राहत उपलब्ध गराईएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा ३ बण्डल जस्तापाता सहित प्रत्येक घरधुरीलाई नगद एक लाख उपलब्ध गराइएको हो ।

केही दिन अघि मात्र नरैनापुरको कृष्णनगरमा आगलागी हुँदा १६ घर नष्ट भएका थिए गत विहीबारमात्र एमाले अध्यक्ष ओलीले नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुरका अग्नी पीडितलाई पार्टीका तर्फबाट सो सहयोगको घोषणा गरेका थिए ।


पार्टी अध्यक्ष ओलीको घोषणालाई कार्यान्वयन गर्नको लागि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सूर्य ढकाल, सहईन्र्चाज मो हारुण, दिपा शर्मा, देवराज भार, जिल्ला सदस्यहरु बिक्रम यादव, सोहनलाल यादवलगायतका नेतृत्वहरु नरैनापुर पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर प्रहरीद्वारा बेवारिसे कपडा बरामद

२६ चैत्र २०७८, शनिबार १५:४१
कोहलपुर (बाँके)  : ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव अढाई लाख बराबरको बेवारिसे कपडा फेला पारेको छ । प्रहरीले दिएको जानकारी अनुसार २ लाख ४० हजार रकम बराबरको बेवारिसे कपडा फेला पारेको हो । ईलाकाबाट खटिएको टोलिले कोहलपुर नगरपालिका वार्डन–११ बसपार्क नजिक पुर्बपस्चिम राजमार्गमा सो कपाडा फेला परेको इलाका प्रहरी कार्यालयका […]