लागुऔषधसहित बर्दियामा तीन जना पक्राउ

सदरलाइन संवाददाता ३ चैत्र २०७८, बिहीबार १४:१३
 

नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित नेपाल–भारत सिमानाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा प्रहरी चौकी कालीकाको संयुक्त प्रहरीको टोलीले नेपाल–भारत सिमानाकाको बाटोमा दुई जनाको साथबाट ६९ ग्राम प्रतिबन्धित लागुऔसध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको हो ।

लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलिले भारतको बहराइच जिल्ला बस्ने बर्ष २५ कि सबिना साई र सोही ठेगानाका बर्ष २६ को सद्दाम साईलाई खानतलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।


सबिना साईको साथबाट प्रहरीले ३७ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ३९ ग्राम २१० मिलीग्राम र प्लास्टिक हटाई शुद्ध खैरो धुलो पदार्थ नापतौल गर्दा ३३ ग्राम ०९० मिलीग्राम तौल रहेको लागु ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र सद्दाम साईको साथबाट ३९ पुरिया प्लास्टिक सहित नापतौल गर्दा ४१ ग्राम ३२० मिलीग्राम र प्लास्टिक हटाई शुद्ध खैरो धुलो पदार्थ नापतौल गर्दा ३५ ग्राम ०४० मिलीग्राम तौल भएको लागु औषध ब्राउन सुगर जस्तो पदार्थ फेलापारी बरामद गरेको प्रहरी निरीक्षक जोशिले बताए ।

ब्राउन सुगरसहित पक्राउ परेका दुबैलाई सोधपुछ पछि उक्त लागुऔषध काठमाण्डौबाट आएको एक कारोबारीलाई दिन जाँदै गरेको भन्ने थाहा पाए पछि प्रहरीको टोलिले काठमाण्डौ महानगरपालिका ४ बालुवाटार स्थाई घर भइ धापासी बस्ने सुमन केसीलाई समेत पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन करिब हजारले लिए सेवा

३ चैत्र २०७८, बिहीबार १४:१३
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकामा आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको निशुल्क स्वास्थ्य शिविरमा करिव एकहजारले सेवा लिएका छन् । कतार च्यारेटीको आर्थिक सहयोगमा नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरवप्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठूलो संख्यामा सेवाग्राहीले […]