सीमा क्षेत्रमा कोरोना कहर : मुख्य नाकामा कडा जाँच, चोरबाटोबाट खुल्ला ओहोर दोहोर !

८ चैत्र २०७६, शनिबार ११:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस संक्रमण रोक्न गरेको प्रयासमा सीमा नाकाका चोरबाटा बाधक भएको पाईएको छ ।

नेपालगञ्जको जमुनाह नाकालाई पुर्ण रुपमा बन्द गर्न नसक्दा अहिले चोरबाटो भएर सिमावारी र पारीबाट ओहोर दोहोर गर्नेको भिड लागेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहमा मुख्यबाटो भएर जानेको संख्या हिजोमात्रको ८ सय रहेको छ । भारततर्फ भने ८ हजार बढीको तथ्याङ्क छ । मुख्यबाट भन्दा चोरबाटोबाट ओहोरदोहोर गर्नेको बढी रहेको पाईएको हो ।

मुख्य नाका जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्थापना गरेको हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको चेकजाँच भएपनि नाकाको नजिकै रहेको चोरबाटो भएर खुल्लमखुल्ला बिना चेकजाँच वारीपारी गर्नेको भिड भने थेगी नसक्नुको रहेको छ ।

जमुनाह नाकाको पुर्वतर्फ लगभग डेढ किलोमिटरको दुरी भित्र तिनवटा बाटा छन, त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहुदा अहिले साइकल, रिक्सा, मोटरसाइकल र पैदल यात्रु खुल्ला रुपमा ओहोर दोहोर गरिरहेका छन । ओहोर दोहोर गर्नेमा प्राय ः नेपालगञ्जका उद्योग कलकारखानामा काम गर्ने भारतीय सिमाक्षेत्रका मजदुर र सामान क्यारिङ्ग गर्नेहरु रहेको पाइएको छ ।


दुई देशका सुरक्षा अधिकारीद्वारा स्थलगत अनुगमन

शनिबार बिहान स्थलगत रिपोर्टिङका लागि जमुनाह पुगेका नेपालगञ्जका केही संचारकर्मीहरुले त्यहाँको अवस्थाको बारेमा नेपालगन्जका सुरक्षा अधिकारीहरुलाई जानकारी गराएपछी नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुले ती बाटोहरुको स्थल अनुगमन गरेका छन ।

ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक माधव रिजाल,सशस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा, भारत लखिमपुरका एसएसबी डिआइजी अभिषेख पाठक, अगैयाका बटालियन कमान्डर एसपी प्रबिण कुमार लगायको टोलीले स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमन पश्चात् नेपालका सुरक्षा अधिकारीहरुले अब ती बाटोहरु बन्द गर्नका लागि नेपाली सुरक्षाकर्मी परिचालन गरिने बताए ।

स्थानीयले स्वस्फूर्त चोरबाटो बन्द गराए

कोरोनाको कहरको कारण त्रसित जमुनाहका स्थानीयले आफुहरु पनि संक्रमित हुनसक्ने भन्दै स्थानीय युवाको पहलमा चोरबाटो बन्दगर्नको लागि जुटेपनि स्थानीय जनप्रतिनिधिले भने आवगमनलाई अबरोध नगर्नको लागि प्रहरी प्रशासनलाई दबाब दिदै आएका छन् ।

Next Post

पानीमा डुबेर कपिलवस्तुमा बालिकाको मृत्यु

८ चैत्र २०७६, शनिबार ११:५९
सदरलाइनडटकम, कपिलवस्तु : पानीमा डुबेर कपिलवस्तुमा एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनाका रामदिनेश तेलीका १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा शुक्रवार राति डुबेर मृत्यु भएको हो । शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर […]