एमाले नेता विजय गुप्ता भन्छन : टिकट पाए मेरो जित्ने आधार प्रसस्त छन

९ बैशाख २०७४, शनिबार १८:४३
 

सदरलाइनडटकम    : स्थानीय तह निर्वाचन–२०७४ को तिथि नजिकिदै गर्दा नेपालगन्ज उप–महानगरपालिकाको मेयरको प्रतिश्पर्दामा एमालेका विजय गुप्ताको नाम चर्चाको शिखरमा छ । एमालेको केन्द्रीय उद्योग व्यापार विभागका सदस्य समेत रहेका गुप्ता माडवाडी समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुन । बाणिज्य शास्त्रमा कलकत्ताबाट २०४० सालमा स्नातक गरेका गुप्ताले २०४० बाटै जयटे«ड सेन्टर मार्फत व्यावसायमा लागेका हुन । २०५१ सालमा नेकपा एमालेसंग जोडिएसंगै पार्टीको जिल्ला आर्थिक विभाग सदस्य भएर काममा खटिदै २०५४ सालमा नेपालगन्जमा नै भएको एमालेको छैठौं महाधिवेशनको आर्थिक विभागमा रहेर काम गरेका थिए । एमाले बाँकेको भवन निर्माण समितिमा समेत रहेर काम गरेका उनी २०७० सालको संविधान सभाको निर्वाचनको बेलामा पार्टीको केन्द्रीय आर्थिक विभाग सदस्य भएर काम गरेका गुप्ता हाल एमाले उद्योग बाणिज्य विभाग केन्द्रीय सदस्य तथा प्रदेश नं. ६ का संयोजक हुन । माडवाडी युवा मञ्चका संस्थापक अध्यक्ष रहेका उनी सबै समुदायमा समेत राम्रो छबी बनाएका छन् । धम्बोझि माविको विगत १० वर्षदेखि विद्यालय व्यवस्थापन समितिका सदस्य भएर सामाजिक काममा सोत सक्रिय गुप्तासंग सदरलाइनडटकमले चुनावको सन्र्दभ र दावेदारीको विषयमा गरेका कुराकानीको सार संक्षेप ।

तपाईको दावेदारी किन ?

– म लामो समयदेखि नेपालगन्जमा बसेर व्यावसाय, समाज सेवा र राजनीतिमा होमिएको मानिस हुँ दिनहँु जसो हरेक क्षेत्रका हरेक व्यक्तिहरुसंग उठबस हुने गरेको छ । पार्टीको काममा पनि लागे कै छु । फेरी नेपालगन्जमा म जुन समुदायबाट प्रतिनिधित्व गर्छु त्यो समुदायको समेत सल्लाहमा मैले नेपालगन्जको मेयर पदको लागि दावी गरेको हुँ । मैले पार्टीको वफादर सिपाहीको हैसियतमा लामो समय व्यथित गरे अहिले पार्टीको प्रतिनिधित्व गर्दै समग्र नेपालगन्जको विकासको लागि सोच भएको व्यक्तिको आवश्यक परेकोले म पनि त्यो दौडमा सहभागि भएको हुँ ।

 जित्ने आधार के के हुन ?

– पार्टीको संगठन र संगठित सदस्यहरुको मत, व्यावसायीहरुको मत, समुदायको मत र अन्य साथीभाई र भाईचाराको सहयोगलाई नै मैले मेरो जित्ने आधार बनाएको छु । अर्कोतर्फ मैले पार्टीबाट टिकट पाएको खण्डमा नेपालगन्ज उप–महानगरपालिकालाई कस्तो बनाउने भन्ने खाका सहितको गुरु योजना लिएर जनताको घर–घरमा पुग्ने छु  जसले गर्दा मेरो जितलाई सुनिश्चित हुने छ । पार्टीका उम्मेदवारलाई जिताउने जिम्मा पार्टीको हो भनेर बस्ने बेला छैन । यो बेलामा विभिन्न प्रविधिको प्रयोग गर्दै मतदातालाई आफ्नो पक्षमा तान्ने साथै अरु आस्थाका व्यक्तिहरुको पनि मत ल्याउन सक्ने हुनु पर्छ म यी कुराहरुमा आफुलाई पार्टी भित्रका अन्य आकाक्षि भन्दा बलियो छु भन्ने लागेको छु । किनकी म नेपालगन्ज सामाजिक सद्भावको शहर हो मैले सबै धर्म हिन्दू, मुस्लिम, शिख, ईसाई सबैलाई उत्तिकै आस्था राख्दै सबैको पर्वहरुमा सरिक हुनुको साथै  पर्वलाई सौहार्द रुपमा मनाउनको लागि सहयोग गर्दै विबाद रहित छबि बनाएको व्यक्ति भएकोले पनि म जित्न सक्ने आधार प्रसस्त देखेको छु ।


नेपालगन्जको विकासको लागि के गर्ने योजना रहेको छ ?

–पहिलो कुरा पार्टीले नेपालगन्जको मेयरको लागि टिकट दिनु प¥यो । पार्टीले टिकट दिएमा नेपालगन्जको सबै २३ वटै वडामा बाटोघाटो, विजुली बत्ति, शिक्षा र स्वास्थ्यका पूर्वाधार पु¥याउने र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर जुटाउनेतर्फ लाग्नेसहतिका योजना रहेका छन् । जसले नेपालगन्जको विकासको लागि ठूलो टेवा पुग्ने छ । २३ वटै बडा स्तर मै विषेशज्ञसहितको स्वास्थ्य सेवा पाउने गरी व्यवस्था मिलाउने, सबै वडामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने, ढल तथा फोहरको उचित व्यवस्थापन, तथा नेपालगन्जको डुबान समस्यालाई बैज्ञानिक तरिका बाट समाधान गर्ने, सामुदायिक विद्यालयको गुणस्तर बढाउनेलगायतका योजना रहेका छन् ।

 अन्त्यमा केही

– बढ्दो बेरोजगारीलाई औद्योगिकि करणका माध्यामबाट रोजगार दिने, सबै धर्म सम्प्रदायको कला, संस्कृति संरक्षण र सम्मान गर्ने, लागू औषधको दुव्र्यसन रोक्नका लागि विभिन्न अभियान सञ्चालन गर्ने, पुनःस्थापना केन्द्र, बृद्धबृद्धाश्रम, अनाथालयको निर्माण गरी उनीहरुको भरणपोषण र शिक्षादिक्षामा ध्यान दिने, कृषिमा आधारित उद्योग धन्धालाई प्रसय दिने समग्रमा  नेपालगन्ज शहरलाई बैज्ञानिक अबधारणाको माध्यामबाट विकास गर्ने र आफुले जितेमा पाउने पारिश्रमिकबाट सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राचिन बुद्धको मूर्तीसहित दुई ढकेरीबाट पक्राउ

९ बैशाख २०७४, शनिबार १८:४३
सदरलाइनडटकम  ९ बैशाख, नेपालगन्ज  : नेपाल प्रहरीको विषेश टोलीले बाँकेको ढकेरीबाट प्रचिन बुद्धको मूर्ती सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार करिव ४० लाख मुल्य बराबरको प्रचिन बुद्धको मूर्तीसहति शुभम रेष्टुरेन्ट ढकेरीबाट शनिबार साँझ पौने ७ बजे प्रक्राउ गरेको हो । सुराकीको आधारमा प्रहरीले […]