लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा ५७ जना विभूषित

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १६:२६
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा मंगलवार ५७ जनालाई विभूषित गरेको छ ।

प्रदेश राजधानी दाङको भालुवाङमा एक कार्यक्रमको आयोजना गरी विभूषित व्यक्तिहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पदक प्रदान गरेका हुन् । विभूषित हुनेमा एक चिकित्सक दम्पति समेत रहेका छन् ।


बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डे र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत स्त्री रोग विशेषज्ञ डा कविता सिन्हा विभूषित भएका छन् । पाण्डेलाई प्रदेश सेवा समर्पण पदक ‘ख’ बाट र सिन्हालाई समाजसेवा श्री पदकबाट विभूषित गरिएको छ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन डाक्टर आसिम किदवाई समाजसेवा श्री पदकबाट विभूषित गरिएको छ । त्यस्तै जिल्ला अस्पताल बर्दियामा कार्यरत जनरल सर्जन डा विजय उपाध्यायलाई पनि प्रदेश सरकारले प्रदेश सेवा पदक ‘ख’ प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो परिमाणको गरगहनासहित दुईजना पक्राउ

३ फाल्गुन २०७८, मंगलवार १६:२६
नेपालगञ्ज : दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ । कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ५५ […]