बाँकेमा सोमवार ८९ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १७ माघ २०७८, सोमबार १६:५१
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७७ र एन्टिजेन परीक्षणमा १२ गरी थप ८९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा १४४ जनाको नमुना जाँच्दा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ५५, कोहलपुर मेडिकल कलेजमा १६ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


यस्तै जमुना नाकामा २४९ जनाको एन्टिजेन जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय ६८ पुगेको छ ।

यस्तै थप ५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७६८ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८५६ रहेको छ । एक जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिपरको ठक्करबाट बर्दियामा दुई जनाको मृत्यु

१७ माघ २०७८, सोमबार १६:५१
नेपालगञ्ज : बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको छ । बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया […]

सम्बन्धित