भन्सार शुल्क अनिवार्य तिर्नुपर्नेमा कडाई

सदरलाइन संवाददाता २८ असार २०८०, बिहीबार १३:५२
 

नेपालगञ्ज : नेपालगञ्ज भञ्सार कार्यालयले एक सय मुल्य भन्दा बढिको जुनसुकै सामान भित्र्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने कानूनी व्यवस्थालाई कडाईका साथ लागु गरेको छ ।

उक्त नियम कार्यान्वयनमा कडाई गरेपछि बाँके लगायत छिमेकी जिल्लाहरु बर्दिया,सुर्खेतसम्मबाट किनमेलका लागि रुपईडिहा पुग्न सर्बसाधारणहरु हच्किएका छन् । तर अवैधरुपमा सामान ओसारपसारमा संलग्न ‘क्यारिङ्ग’ गर्नेहरुले अनेक दाउ खोज्दै सामान भित्र्याइरहेका छन् । संख्यात्मकरुपमा सीमापार किनमेल गर्नेको संख्या कम भएपनि भिड भने लागिरहन्छ । यसरी तोकिएको भन्दा बढि मुल्यको सामान भित्र्याउन खोज्ने सर्बसाधारण र सुरक्षाकर्मीहरुबीच दिनहु बादबिवाद भइरहन्छ ।

मुल नाकामा कडाई गर्दा क्यारिङ्ग गर्नेहरुले भने अनेक दाउ खोजेर सामान भित्रा्इरहेको पाइएको छ । कतिसम् मभने यसरी भित्राइएको सामानमा समेत ‘जोखिम शुल्क’ भन्दै थप मुल्य जोडेर तस्करहरुले पसल–पसलमा बेचिरहेका छन् । सुरक्षा निकायले कडाई गरेको भन्दै तस्करहरुले भित्र्याएको हरेक सामानमा रु १० सम्म बढि मुल्य राखेर बेचिरहेको भेटिएको हो । भन्सारको कडाईले आत्तिएका तस्करहरुको ‘ढाड सेक्न’ सुरक्षा निकायले थप कडाई गर्नेपर्ने व्यवसायीहरु बताउँछन् ।


जमुनाहा नाकाक्षेत्रमा यस्ता दर्जनौ पेशेवर क्यारिङ्ग गर्नेहरु छन् जसले भित्र्याएको अवैध सामान कतिपय ठूला व्यापारीका गोदाममा स्टक हुन्छ र उनीहरु मार्फत अन्य जिल्लामा बिक्री हुन्छ । यस्तो कार्यमा संलग्नहरु व्यक्तिहरु बिरलै सुरक्षा निकायको नजरमा पर्ने गरेका छन् । बेलाबखत सामान बरामद गरेपनि व्यक्ति पक्राउ नपर्दा अनेक आशंका उब्जिने गरेको छ ।

जमुनाह नाकामा अवैध कडाई गर्दैगर्दा जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंगलवार नेपालगञ्ज–१२ कोरियनपुरस्थि भे १ ख ३३४८ नम्बरको ट्रकबाट साठी बोरा चिनी, सुपरपावर सुर्ती बरामद भयो । सामान बरामद भएपनि व्यक्ति भने पक्राउ गरिएको छैन । नाकामा रु सय भन्दा माथिको सामानमा भन्सार लगाउँदै गर्दा यसरी बिभिन्न माध्यमबाट नेपालगञ्जमा अवैध सामान भित्रिरहेको छ ।

नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरुले रु सय भन्दा माथिको मुल्यका सामान भञ्सार लगाउने सम्बन्धी नियमलाई कडाईका साथ कार्यान्वयन गर्दा स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको महसुस गरेका छन् । तर उनीहरुले त्यही बहानामा तस्करी मौलाउने अवस्था आए भन्सारको कडाईले कुनै अर्थ नराख्ने भन्दा सरोकारवाला निकायलाई सचेत बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२८ असार २०८०, बिहीबार १३:५२
बर्दिया : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार, थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको […]