नेपालगञ्ज–पोखरा ‘टुरिज्म कनेक्टिभिटी’का लागि छलफल

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १४:००
 

नेपालगञ्ज : नेपालगञ्ज –पोखरा ‘टुरिज्म कनेक्टिभिटी’ का लागि आइतवार नेपालगञ्जमा बृहद् छलफल भएको छ । पर्यटन बोर्ड गण्डकी र होटल संघ पोखराले शुरु गरेको जाउँ है पोखरा अभियानले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हो ।

होटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्यौपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया गरियो जहाँ नेपालगञ्ज र पोखराबीच नेपालगञ्ज–पोखरा ‘टुरिजम कनेक्टिभिटी’ बढाउने उपायका बारेमा विभिन्न क्षेत्रका व्यक्तिले आ–आफ्नो धारणा सार्बजनिक गरेका छन् ।

कोभिड–१९ को महामारी, आर्थिक मन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवर्धनात्मक कार्यक्रम गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।


पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए ।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिने भएको छ । दुुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा दुई पक्षबीच वार्ता : शव बुझ्न परिवारजन सहमत

१ पुष २०८०, आईतवार १४:००
दाङ : दाङमा टिपरको ठक्करबाट मृत्यु भएका दुई किशोरको शव घरपरिवारले बुझ्न सहमत भएका छन् । उचित क्षतिपूर्ति र चालकलाई कडा कानुनी कारबाहीको माग राख्दै आफन्त तथा परिवारजनहरूले माग राख्दै आन्दोलनसमेत थालेका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय, घोराहीमा भएको दुई पक्षीय वार्ताले सहमति जुटाएको छ । ‘बीमाले तोकेको रकमभन्दा […]