थापाको अध्यक्षतामा योगिनी युवा क्लब गठन

२८ मंसिर २०७६, शनिबार १६:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : युवा र सामाजिक विकासका क्षेत्रमा काम गर्ने उद्देश्यले योगिनी युवा क्लब गठन गरिएको छ । तरिन्द्र थापाको अध्यक्षतामा शनिवार कार्यसमिति गठन गरिएको हो । कार्यसमितिमा नरेन्द्र भारती र मेनुका नगाललाई उपाध्यक्षमा चयन गरिएको छ ।
यस्तै महासचिवमा गणेश राई, कोषाध्यक्षमा सुनिल विष्ट, सदस्यहरुमा दिलिप महतारा, राजन निरौला र कमल खत्री रहेका छन् । युवा क्लबको सल्लाहकारमा बाँके खजुरा गाउँपालिका सेवा समाज कतार, उमेश निरौलालाई चयन गरिएको छ । क्लबले खजुरा क्षेत्र र बाँके क्षेत्रमा सामाजिक काम गर्नका लागि वार्षिक कार्यक्रम योजना बनाएर अगाडी बढ्ने अध्यक्ष थापाले बताए ।

Next Post

ठूलो परिमाणको चरेशसहित चार महिला पक्राउ

२८ मंसिर २०७६, शनिबार १६:५९
सदरलाइनडटकम, नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित चार नेपाली महिला नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । शुक्रवार राती नेपालगञ्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७९० ग्राम चरेशसहित अर्घखाँची सितगंगा नगरपालिका वडा नं. ९ की मान कुमारी घर्तिमगर, दाङको राप्ती गाउँपालिका वडा नं. ३ बस्ने उर्मिला बुढामगर, लालमटिया ८ […]

सम्बन्धित