जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १२ कार्तिक २०८०, आईतवार १४:१८
 

नेपालगञ्ज : जबरजस्ती करणीका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते बर्दियाको राजापुर १५ घर भई बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ स्थित डेरामा बस्दै आएकी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय जन्जिर थारुलाई पक्राउ गरिएको हो ।


राप्तीसोनारी गाउाँपालिका वडा नं.५ बस्ने थारुलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । थारुलाई आवश्यक कारबाहीका लागि आइतवार जिल्ला अदालत बाँकेमा बुझाईएको डीएसपी नारायण डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा क्रिकेट मैदानको अभाव

१२ कार्तिक २०८०, आईतवार १४:१८
नेपालगञ्ज : पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगञ्जमा क्रिकेट खेलको गतिविधि ओरालो लाग्दै गएको छ । क्रिकेटका लागि खेल मैदान नहुँदा खेलाडीलाई अभ्यास गर्ने ठाउँको अभाव भएको छ । क्रिकेट मैदानको अभावमा खेल गतिविधि न्यून हुने गरेको छ । क्रिकेट मैदानकै अभावमा खेलाडीले राम्रोसँग खेलको अभ्यास गर्न सकेका छैनन् […]