बाँकेमा बुधवार २ जना संक्रमित थपिए

सदरलाइन संवाददाता २९ मंसिर २०७८, बुधबार १५:५५
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा २५ नमुना परीक्षण गर्दा १ र मेडिकल कलेज कोहलपुरमा ३१ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ९ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणको अवैध सामान बरामद

२९ मंसिर २०७८, बुधबार १५:५५
नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक भुपेन्द्र बहादुर रोकायाको टोलीले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामानसहित मिनि ट्रक बरामद गरेको हो । भारतबाट भन्सार छलेर भे १ च […]

सम्बन्धित