कोरोना नियन्त्रण गर्न जमुनाहा नाकामा परीक्षण तीव्र

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार १४:३३
 

नेपालगञ्ज : कोरोना भाइरसको सङ्क्रमणबाट करिब एक वर्षपछि बाँकेका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएपछि नियन्त्रण अभियानलाई तीव्र पार्न सुरु गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिले केही समययता देनिकजसो नाकामा संक्रमति देखिन थालेको र जिल्लाकै एक जना स्थानीयको मृत्यु भएकाले नियन्त्रण अभियानलाई तीव्र पार्न थालिएको हो ।

बाँके राप्तीसोनारी गाउँपालिका –२ का ८६ वर्षीय एक जना वृद्धको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

अहिलेबाट नै स्वास्थ्य मापदण्डको पालना, भौतिक दुरी र खोप लगाउने अभियानलाई तीव्र नपार्ने हो भने सङ्क्रमित बढ्दै जाने ठहर गरेर नियन्त्रण अभियानलाई तीव्र पारिएको बाँकेका कोराना फोकल पर्सन तेज ओलीले बताए ।

उनले अहिले विशेष गरी भारतबाट फर्किने नेपालीमा बढी सङ्क्रमण देखिन थालेकाले नाकामा विशेष ध्यान दिने तथा यसअघि नै निर्माण गरिएको होल्डिंग सेन्टरलाई तयारी अवस्थामा राखिने बताए ।


सोही प्रकारले नेपालगञ्जस्थित भेरी अस्पताल र अन्य निजी अस्पतालमा रहेका कोभिड वार्डहरूलाई पनि हरेक समय तयारी अवस्थामा राखिने फोकल पर्सन ओलीले बताए ।

भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पाण्डेले केही दिन यता छिटपुट रूपमा सङ्क्रमित अस्पतालमा भर्ना हुने गरेको र निको भएर घर जाने गरेकोमा शनिबार राप्तीसोनारी २ का ८६ वर्षीय वृद्धको मृत्यु भएकाले चिन्ता बढाएको बताए ।

लामो समयसम्म कोरोनाका बिरामीहरू फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरूमा सङ्क्रमण भेटिन थालेको छ ।

हालसम्म बाँकेका कोभिड सक्रमितको सङ्ख्या २१ हजार ४०० जना पुगेको छ भने हालसम्म बाँकेका ३५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेपत्ता परिवारलाई मासिक दुई हजार भत्ता दिइँदै

१२ बैशाख २०८०, मंगलवार १४:३३
बर्दिया : बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिन थालेको छ । राजापुरका मेयर दिपेश थारुले बेपत्ता १७ जनाका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिएको जानकारी दिए । आफन्तलाई बेपत्ता पारिएपछि आर्थिक संकटमा रहेका बेपत्ताका परिवारलाई मासिक दुई हजार भत्ता दिँदा […]