बाँकेको नरैनापुरमा विद्युत र बाटो पुग्यो !

३० जेष्ठ २०७७, शुक्रबार १२:१८
 

सदरलाइन  / रुद्र सुवेदी ,
नरैनापुर (बाँके) : बाईस वर्ष अघिको बाँकेको नरैनापुरमा बिद्युत र बाटो पुगेको छ । नरैनापुरमा विद्युत र बाटो पुराउनको लागि यतिबेला तीब्रगतिमा काम गर्दै नेपालगञ्ज–सुईया बघौडा हुलाकी सडक र बिद्युत पुराईएको हो ।

कोबिड–१९ नोबल कोरोनाको ‘हटस्पट’ भएको बाँकेको नरैनापुरमा विद्युत अभावको कारण आईशोलेशन निर्माणमा असहज भएको कारणले सो क्षेत्रमा विद्युतिकरणको लागि तीब्र रुपले काम अघि बढाईएको थियो । यसै साथसाथमा बाटो समेत कालोपत्रे गरी सकिएको छ ।

नरैनापुरको निर्बाचन क्षेत्रबाट प्रदेश सभा प्रतिनिधित्व गर्ने प्रदेश सांसद कृष्णा केसी नमुनाले नरैनापुर क्षेत्रमा विद्युत अभावको कारण सदियौदेखि अन्धकारमा बस्न बाध्य भएको बताउदै अब केही दिन भित्रै विद्युत पुराउने गरी तीब्र गतिमा काम अघि बढाईएको जानकारी दिईन ।

‘नरैनापुरमा विद्युत एका देशको कथा झै भएको थियो तर, विगतको केही समय यताको प्रयासले अब औलामा गनिने दिन मै विद्युत बाल्ने तयारी गर्दै छौ’– उनले भनिन । करिव २२ वर्ष अघिदेखि नरैनापुरमा विद्युतिकरणको लागि विद्युतका पोल गाडिएको भए पनि ती पोलमा तार र करेन्ट नहुँदा नरैनापुर अन्धकार मै रुमल्लिएको थियो ।

तत्कालको लागि राप्तीसोनारीको धामपुर सबस्टेशनबाट नरैनापुर विद्युत लैजाने तयारी भएको भएपनि सो बाटोमा जंगल पर्ने र अनेकन झमेला भएको कारण फत्तेपुरबाटै सिधै सुईया तार तानेर बिद्युत पुराईएको उनले बताईन । उनले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र रहेको लक्ष्मणपुरसम्म विद्युत पु¥याउन आफू लागि परेको जानकारी गराउँदै निरन्तरको प्रयासपछि काम शुरु भएको बताईन ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरक्षेत्रमा विद्युतीकरणको लागि काम तीब्र रुपले अघि बढाउन आफुले निर्देशन दिएको बताउदै फिल्डमा काम गर्दा कुनै पनि असहज भए त्यसलाई समाधान गर्न आफुले पूर्ण सहयोग गर्ने बताए

विद्युत विस्तारको काम थालिएको ‘साइट’ को निरिक्षणका लागि फिल्डमा पुगेका उनले भने–‘तपाईहरु काम सुचारु राख्दै छिटो सक्ने तयारी गर्नुहोस असहज भयो काममा कुनै अवरोध आयो भन्ने जानकारी आउने वित्तिकै समस्याको समाधान हुने छ ।’

त्यसक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसंग व्यवस्थापन गरिरहेको जानकारी गराउँदै तत्काल विजुली उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन र आइसोलेसन निर्माण गर्न सहज हुने बताए । विद्युत विस्तारको काम थालिएको ‘साइट’ को पनि निरिक्षण गरिएको थियो ।

विद्युत विस्तारको काम गरिरहेको निर्माण कम्पनी रेणु निर्माण सेवाका प्रतिनिधि त्रिलोक धितालले अबको २÷४ दिनभित्र विद्युतीकरणको सबै काम सकिने दाबी गरे । उनले लक्षमणपुर स्वास्थ्य केन्द्रसम्म तार तानिसकीएको र बाँकी रहेको ठाँउमा २ दिनमा तार तानेर सकिने बताए । उनले काम गर्ने बाताबरण भएसम्म आफुहरुले काम गरेर भनेकै समयमा नरैनापुरमा विद्युत पुराउने बताए ।

२२ वर्ष अधि नरैनापुरमा विद्युतिकरणको लागि सो क्षेत्रका तत्कालिन सांसद प्रेमबहादुर भण्डारीले विद्युतको पोल गाडेको भएपनि पहिलो पटक सुईयासम्म बिद्युतको पोल गाडेर तारतान्ने काम सम्पन्न हुने क्रममा छ । चाँडै नरैनापुरको घरघरमा विद्युत पुराउन आफ्नो पहल रहने बिद्युत विस्तारको काम गर्दै आएको रेणु निर्माण सेवाका प्रतिनिधि धितालको भनाई छ ।

Next Post

बाँकेमा पनि लकडाउन खुकुलोे

३० जेष्ठ २०७७, शुक्रबार १२:१८
सदरलाइनडटकम, नेपालगञ्ज : मन्त्रीपरिषदको निर्णयानुसार बाँकेमा पनि लकडाउन खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारि गरि सञ्चालन गर्न हुने र नहुने कार्यबारे स्पष्ट पारेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक दुरी कायम गर्दै ब्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान दिन विशेष अनुरोध गरिएको बताए ।

ताजा अपडेट