आगामी चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : ओली

सदरलाइन संवाददाता १० मंसिर २०७८, शुक्रबार १७:४५
 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । साथै उनले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताए ।


सम्बोधनकै क्रममा उनले नेकपा एमालेको सरकारले विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै आफ्नो पार्टी देश बनाउने पार्टी भएको उल्लेख गरे ।

संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि पनि एमालेले बहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । महाधिवेशनमा प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेकी एक महिलाको मृत्यु

१० मंसिर २०७८, शुक्रबार १७:४५
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–११ का ६४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । कार्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ गते थप उपचारका […]

ताजा अपडेट