मानवबेचविखन विरुद्धका समितिलाई दुइ दिने क्षमता अभिबृद्धि तालिम

सदरलाइन संवाददाता ७ मंसिर २०७८, मंगलवार १९:२१
 


नेपालगञ्ज : प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा गठन गरिएका बाल अधिकार समिति र मानव बेचविखनविरुद्धका स्थानीय समितिका लागि दुई दिने सबलिकरण कार्यक्रम सुरु भएको छ ।

क्लबले प्लानको आर्थिक सहयोगमा बाँकेका खजुुरा, बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन गरि रहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहत, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम आयोजना गरिएको बताए ।

उनले मानव बेचविखन विरुद्ध नेपालगञ्ज उपमहानगरमा रणनीतिक योजना निर्माण गर्नका लागि पनि सो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।


कार्यक्रमको सहजिकरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख शोभा शाहले मानवबेचविखन रोकथामका लागि समाजमा जनचेतना फैलाएर सबै वर्गको सहयोग लिईए मात्र रोकथाम गर्न सकिने बताईन ।

सो कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्काको पनि सहभागिता रहेको थियो । मानवबेचविखन रोक्न सबैले मिलेर एक संयुक्त कार्ययोजना बनाई सोही बमोजिम काम गर्नु पर्नेमा सहभागिहरुको जोड थियो ।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा बेचविखन विरुद्धको स्थानीय समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको प्रोटेक्ट परियोजनाका संयोजक महेश नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेसको संस्थापन ईतरबाट बाँके क्षेत्रनं.१ को सभापतिमा पोषण केसी भिड्दै

७ मंसिर २०७८, मंगलवार १९:२१
कोहलपुर (बाँके) : नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ मा नेतृत्व कब्जा गर्नका लागि संस्थापन ईतर एक ठाउँमा उभिएका छन् । क्षेत्र नम्बर १ को सभापतिको रुपमा युवा नेता पोषण केसीलाई अघि सारिएको छ । संस्थापन पक्षबाट माधवराम खत्री तेस्रो ईनिङ्गको लागि चुनावी मैदानमा छन् । कोहलपुरमा मंगलबार आयोजित उम्मेदवार […]

सम्बन्धित

ताजा अपडेट