पत्रकार महासंघको आज ६४औं स्थापना दिवस

१६ चैत्र २०७५, शनिबार १४:१५
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल पत्रकार महासंघले शनिवार आफ्नो ६४औँ स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा महासंघ केन्द्र र जिल्ला शाखाहरूले शनिवार विभिन्न कार्यक्रम गरेर मनाएका छन् । महासंघको केन्द्रीय कार्यलयमा सम्मान कार्यक्रम गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका पूर्वसभापतिहरूलाई सम्मान गरिएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै महासंघले कास्की र सुनसरी शाखालाई पनि सम्मान गरेको छ । कार्यक्रममा महासंघले आयोजना गरेको फुटसल प्रतियोगिताका विजयीलाई प्रमाणपत्र वितरण गरिएको सचिव दाहालले जानकारी दिए ।
२०११ साल चैत १६ गते महासंघको स्थापना भएको हो । महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष गोविन्द आचार्यले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना दिएका छन् । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति गौरव भएको उनको भनाई छ ।


बाँके शाखाद्वारा शुभकामना व्यक्त
नेपाली पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघको आज ६४ औं स्थापना दिवसका अवसरमा बाँके शाखाले सबै सदस्य पत्रकारमा हार्दिक बधाई तथा शुभकामना दिएको छ । पत्रकारका पेशागत हकहितसँगै महासंघ, नेपाली समाजमा अगुवा नागरिक संस्थाको विश्वास आर्जन गरेको सुखद पक्ष रहेको भन्दै बाँके शाखाले अहिले ऐतिहासिक संविधान कार्यान्वयनको महत्वपूर्ण घडीमा रहेको र यतिबेला पत्रकारको भूमिका अभूतपूर्व र ऐतिहासिक सावित गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख छ । पछिल्ला केही समय बाँकेमा केहीले पत्रकारिताको मुलभूत सिद्धान्त, आदर्श, मूल्य मान्यता र आचारसंहितासमेतलाई उल्लघंन गरी पत्रकारितामार्फत गलत अभ्यास स्थापित गर्न भइरहेको दुस्प्रयासप्रति चिन्ता व्यक्त गर्दै महासंघ बाँकेले सम्पूर्ण पत्रकारलाई महासंघको गरिमामय विगत स्मरण गर्दै आगामी दिनमा यसको शिर उचो पार्न सबै सदस्यहरुको महत्वपूर्ण भूमिका रहने अपेक्षा लिएको विज्ञप्तिमा भनिएको छ ।

Next Post

कञ्चनपुरमा डुबेर महिलाको मृत्यु

१६ चैत्र २०७५, शनिबार १४:१५
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरका २० वर्षीया गर्भवती महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रीना राना भएको प्रहरी जानकारी दिएको छ । खोलामा लुगा धुने क्रममा शनिबार बिहान डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । राना छारेरोगी रहेकाले लुगाधुने क्रममा […]